नियम २३क
वियर मौज्दात कमीको मिन्हा
(१) वियर उत्पादन गर्ने इजाजतपत्रवालाले तयारी वियर पाश्चरराइजेशन, प्याकेजिङ्ग तथा गोदाममा भण्डारण गर्दा टुटफुट वा बिग्रेर बोतलमा प्रयोग हुन नसक्ने अवस्थाका क्राउनकर्कको मौज्दात कमीको विवरण विभागले तोेकेको ढाँचामा मासिक रूपमा उल्लेख गरी मिन्हाका लागि अन्तशुल्क अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पेश भएको विवरण अन्तशुल्क अधिकृतले तीस दिन भित्र जाँच गर्नु पर्नेछ । त्यसरी जाँच गर्दा फलोमिटरले देखाएको परिमाण भन्दा बोतल बन्दी भएपछिको बोतल काउण्टरले देखाएको परिमाणको मौज्दात कमी भएमा बढीमा १.५ प्रतिशत सम्म र पाश्चरराइजेशन, प्याकेजिङ्ग तथा गोदाममा भण्डारण गर्दा टुटफुट वा बिग्रेको वियरको भौतिक परीक्षण गरी बढीमा दुई प्रतिशतसम्म मौज्दात कमीको मिन्हा दिन सक्नेछ ।